सन्देशमुलक गति ‘मेरो जस्तो रगत छैन र’? सार्वजनिक

सन्देशमुलक गति ‘मेरो जस्तो रगत छैन र’? सार्वजनिक
  • १३ फाल्गुन २०८१, मंगलवार ११:५७

काठमाडौं–नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक भएको छ।

mulpatra

यस गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर ज्यान गुमाउन परेको कुरालाई समेटिएको छ। साथै नवराज बिक लगायत दलित समुदायका प्रेमीहरुले यातना भोग्नु परेको कुरा र मानिसहरु सबैको रगत रातो नै हुन्छ अनी सती प्रथा अन्त्य भयो र जाती प्रथा अन्त्य भएन भन्ने कुरालाई मुख्य बिषय बस्तु बनाईएको छ।

२१ औं शताब्दीमा पनि मानव मानव बिच भेदभाब कायमै छ। यही कुरालाई मध्यनजर गर्दै सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” गीत सार्वजनिक गरिएको कुरा गायक राजन भुजेल बिश्वकर्माले बताए।

mulpatra mulpatra mulpatra

यस गीतमा राजन भुजेल बिश्वकर्मा र भाईरल रञ्जिता बिकको स्वर रहेको छ भने राजन भजेल बिश्वकर्माको शब्द र मौलिक भाका रहेको छ। यस गीतको भिडियोमा सुनिल बिकको निर्देशन, रोशन बिश्वकर्माको सह निर्देशन, बुद्ध थापाको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा देबेन्द्र बब्लु, जुना गुरुङ, गणेश उपाध्याय आदीको अभिनय रहेको छ। यस गीतलाई गलेश्वर म्युजिक प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।