वन्यजन्तु संरक्षणमा आईएनजीओको भर

वन्यजन्तु संरक्षणमा आईएनजीओको भर
  • १७ फाल्गुन २०८१, शनिबार १३:०४

काठमाडौं–नेपालमा युएसएआईडीको सहयोग रकम रोकिँदा यसवर्ष गर्नुपर्ने गैँडा गणनाको कार्यक्रम नै रोकिएको छ ।

mulpatra

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यसवर्ष सरकारको आन्तरिक बजेट नै नराखी गैँडा गणनाको योजना बनाएको थियो ।

देशभरका संरक्षण क्षेत्रमा हरेक चारदेखि पाँच वर्षबीचमा गरिने गैँडा गणनामा डेढ करोडदेखि एक रोड ७५ लाख रुपियाँसम्म बजेट खर्च हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ ।

mulpatra mulpatra mulpatra

तर, यसवर्ष यी सबै रकम युएसएआइडी, डब्लुडब्लु एफ, एनटीएनसी, जेरेसल नेपालसँग सहयोग मागेर गैँडा गणना गर्ने योजना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको रहेको थियो ।

विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार आफ्नो आन्तरिक स्रोतमा बजेट नै नराखी गैँडा गणनाको तयारी गरिएपनि युएसएआइडीको सबै कार्यक्रम स्थगित भएपछि गैँडा गणना पनि अघि बढाउन नसकिने भएको हो । उनका अनुसार आउँदो चैत ५ गतेदेखि गैँडा गणनाको तयारी गरिएको थियो ।

गैँडा गणनामा लाग्ने कुल रकममध्ये ५० लाख रुपियाँ युएसएआइडीले सहयोग गर्ने तयारी अनुसार अरु बजेटको लागि बाँकी तीन संस्थालाई पत्र पठाएर विभागले सहयोगको लागि अनुरोध गरेको थियो ।

Image Source: © https://mulpatra.com

सूचना अधिकारी आचार्यले नेपाल प्रेससँग कुरा गर्दै भने( युएसएआइडीको रकम नै स्थागित भएको अवस्थामा अरुसँग मागेर पनि रकम पुरा पाउने संभावना रहेन त्यसैले गैँडा गणना नै यो वर्ष स्थगित हुने अवस्था आयो ।

नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेको छ । तर, पछिल्लो समय गैँडो पूर्वी क्षेत्रबाट पश्चिमतर्फ सर्दै गएको तथ्याङ्क छ । पश्चिमतर्फ भारतको संरक्षण क्षेत्र भएकोले गैँडाले सीमापार गर्ने जोखिमका कारण सरकारले पश्चिम भेगको गैँडा पूर्वी क्षेत्रमा आन्तरिक स्थानान्तरण पनि गर्दै आएको छ ।

गैँडा गणनामार्फत नेपालमा गैँडाको संख्या मात्रै होइन यसको बास्थानको अवस्था, चरन क्षेत्र, सीमसार क्षेत्रको अवस्थाबारे विस्तृत विरवरण लिएर संरक्षणका अन्य योजना बनाउने गरिन्छ । तर, गणना नै नभएपछि त्यसबारे जानकारी नहुने आचार्यले बताए ।

यसपाली स्थगित भएको गैँडा गणना अर्को वर्षपनि नहुने जोखिम भने बढ्दै गएको छ । अर्को वर्ष नेपालमा बाघ गणना गर्ने वर्ष हो । अहिले मानव र बाघको द्वन्द्वको विषय राष्ट्रिय चर्चामा भएकोले प्राथमिकतामा बाघ नै पर्ने आचार्य बताउँछन् । उनले यसवर्ष रोकिएको गैँडा गणना अब कहिले हुने भन्ने नै अनिश्चित रहेको बताए ।