Close

Recent Posts

एकसाथ रिलिज भएका ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’मध्ये कुनैले पनि बक्सअफिसमा हंगामा मच्चाएन

एकसाथ रिलिज भएका ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’मध्ये कुनैले पनि बक्सअफिसमा हंगामा मच्चाएन
  • २० फाल्गुन २०८१, मंगलवार १२:१८

काठमाडौं– महाशिवरात्रिको अवसर पारेर गत बुधबारदेखि एकसाथ प्रदर्शन आएका फिल्म हुन् ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ । एकसाथ रिलिजमा आएका तीन फिल्म मध्य कुनैले पनि बक्सअफिसमा हंगामा गर्न भने सकेका छैनन् ।

mulpatra

सामान्यतया शुक्रबार नयाँ फिल्म रिलिज गर्ने परम्परा भएपनि महाशिवरात्रिको अवसर छोप्दै बुधबारदेखि यी तीन फिल्म रिलिज आएका थिए । एकसाथ रिलिज भएका तीन फिल्ममा अहिलेसम्म कसैले पनि अपेक्षा गरेजस्तो व्यवसाय गर्न नसकेको निर्माण पक्षले बताएका छन् ।

तीन मध्य एक ‘लाज शरणम्’ सानोपर्दाको चर्चित कलाकार कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेको फिल्म हो । कुमारले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

mulpatra mulpatra mulpatra

राजनीतिक विषयवस्तुमा निर्माण भएको फिल्मले उठाएको कर्णाली भेगको केही कथाको अहिले प्रशंसा भएको छ । तर फिल्मका व्यवसाय भने सोचजस्तो भएको छैन । फिल्म रिलिज भएको पहिलो दिन अर्थात बुधबार फिल्मले एक करोड १० लाख व्यवसाय गरेको सार्वजनिक गरिएको थियो । त्यसपछिको व्यवसाय बताइएको छैन ।

फिल्मको व्यवसाय हिसाब किताब गर्न बाँकी रहेको वितरक मनोज राठी बताउँछन् । ‘फिल्मको व्यवसाय ठिकठिककै छ’, राठीले भने,‘एकसाताको व्यवसाय हिसाब गरेर भोली सार्वजनिक गर्छाै ।’

फिल्ममा सीताराम कट्टेल ‘धर्मुस’ नेताको भूमिकामा छन् । धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय फिल्ममा छ ।

Image Source: © https://mulpatra.com

त्यस्तै अर्को फिल्म ‘मायावी’ दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । युवापुस्तामा मौलाएको प्रेमकथामा बनेको फिल्ममा फिल्ममा पल शाह, दीपिका प्रसाइँ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईँ, दीपेन्द्र सिंखडा, संगीता सिलवाल लगायतको अभिनय छ ।

फिल्मले सन्तोसजनक व्यवसाय गर्न नसकेको निर्देशक भट्टराई बताउँछन् । ‘मेरो फिल्ममा मात्र होइन, अहिले हलमै दर्शक देखिन्न’, भट्टराईले भने, ‘फिल्मको माहोला झन् बिग्रिएछ ।’ फिल्मको व्यवसाय सोचेजस्तो नभएपछि अहिलेसम्म व्यावसायिक रिपोट नमागेको उनले सुनाए ।

यस्तै फिल्म ‘फेरि रेशम फिलिली’का निर्देशक निरोज महर्जन हुन् । महर्जनले पनि यो फिल्मबाट डेब्यु गरेका हुन् । फिल्मको माउथ पब्लिसिटी भने राम्रो छ । कमेडी शैलीमा युवाहरूको अमेरिका मोहको विषय उठाएको फिल्म हेर्नेले तारिफ गरेका छन् । ‘ग्रीन कार्ड’को विषयवस्तु समेत उठाइएको बताइने फिल्म २०७२ मा रिलिज ‘रेशम फिलिली’को सिक्वेल हो ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ ।

फिल्मको व्यवसाय ठिकै रहेको वितरक गोबिन्द शाही बताउँछन् । ‘फिल्मको देशभरबाट हिसाब आएको छैन । मैले आज मगाएको छु’, शाहीले भने,‘भोलि साँझसम्म आजसम्मको रिपोर्ट आउँछ ।’ फिल्मको कुनै स्टेसनमा राम्रो र कतै सामान्य रहेकोले पनि व्यवसायको यति नै अनुमानको भरमा भन्न नमिल्ने शाही सुनाउँछन् । ‘फिल्मको व्यवसाय पहिलो र दोस्रो दिनभन्दा यभो भने लागेको छ’ उनले थपे ।

‘फेरि रेशम फिलिली’ रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।