Close

Recent Posts

अमेरिकाबाट ‘डिपोर्ट’ भएका ९ जनालाई ब्यूरोको जिम्मा लगाइयो

अमेरिकाबाट ‘डिपोर्ट’ भएका ९ जनालाई ब्यूरोको जिम्मा लगाइयो
  • २१ फाल्गुन २०८१, बुधबार १३:०७

काठमाडौं– अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ ।

मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पु¥याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको हो । ब्युरो स्रोतले भन्यो, ‘उनीहरुमाथि अब सोधपुछ गर्छौं र आफन्तको जिम्मा लगाउँछौं ।’

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएकाहरुलाई फर्काउने अभियानअन्तर्गत अमेरिकाले आज बिहान सात पुरुष र एक महिला गरी आठ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।