चलचित्र ‘चाँडै फर्कि आउँ’ को शनिवार अष्टनारायण हल बालाजुमा बिशेष प्रदर्शन

चलचित्र ‘चाँडै फर्कि आउँ’ को शनिवार अष्टनारायण हल बालाजुमा बिशेष प्रदर्शन
  • २६ फाल्गुन २०८१, सोमबार १९:१५

काठमाडौं । समसामयिक कथावस्तुमा आधारित चलचित्र ‘चाँडै फर्कि आउँ’ को शनिवार अष्टनारायण हल बालाजुमा बिशेष प्रदर्शन गरियो । अनिल लामाको लेखन, निर्देशन रहेको ‘चाँडै फर्कि आउँ’ मा जयकिशन बस्नेत, काव्य ढकाल, लक्ष्मण वस्नेत, भोला भण्डारी, श्री चापागाई, पुजा लामा आदिको अभिनय रहेको छ ।

mulpatra

यसमा निर्माता स्मृति तामाङ, स्नेहा तामाङ, कार्यकारी निर्माता माया लामा, सहनिर्माता चन्द्रमाया तामाङ रहेका छन् भने गीतसंगीत मनिराज काफ्ले, छायांकन अन्सारी, व्दन्द शंकर महर्जन, नृत्य अमन राना, सहनिर्देशन सुवाष गौतमको रहेको छ ।

अनिल लामा फिल्मस्को प्रस्तुति रहेको ‘चाँडै फर्कि आउँ’ निकट भविष्यमै सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ ।