Close

Recent Posts

यूएसएडका ८०% भन्दा धेरै कार्यक्रमहरू ‘औपचारिक रूपमै’ बन्द

यूएसएडका ८०% भन्दा धेरै कार्यक्रमहरू ‘औपचारिक रूपमै’ बन्द
  • २७ फाल्गुन २०८१, मंगलवार १४:४०

काठमाडौं– ६ सातादेखि जारी पजनीपश्चात् अमेरिकी सहयोग नियोग (यूएसएड)का अधिकांश कार्यक्रमहरू बन्द गरिएको विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्।

mulpatra

सामाजिक सञ्जाल एक्समा लेख्दै रुबियोले उक्त नियोगले दशौँ अर्ब डलर ‘अमेरिकी स्वार्थ अनुकूल नहुने ठाउँमा वा प्रतिकूल हुने गरी’ खर्च गरेको जनाए। उसका केही बाँकी कार्यक्रम (१८% मात्र) चाहिँ अब विदेशमन्त्रालयबाटै सञ्चालन हुने छ।

विश्वभरि असर पर्ने चेतावनी

mulpatra mulpatra mulpatra

संसारभरिका मानवीय सहायता कार्यक्रममा सामेल सङ्घसंस्थाहरूले लामो समयदेखि चलिरहेका यूएसएडका सहायता कार्यक्रम बन्द हुँदा अहिले नै त्यसका गम्भीर परिणामहरू देखा परिसकेको र फलस्वरूप कतिपय ठाउँमा मानव जीवन समेत जोखिममा पर्ने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले उसले अन्तर्राष्ट्रिय जगतमा गर्ने खर्च उसको ‘अमेरिका पहिले’ भन्ने नीतिसँग मेल खानुपर्ने बारम्बार बताउँदै आएको छ।

जनवरी २० मा ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्ने बित्तिकै यूएसएडका हजारौँ कर्मचारीहरूलाई बिदामा बस्न भनियो अनि विदेशमा कार्यरतहरूलाई फिर्ता बोलाइयो।

Image Source: © https://mulpatra.com

पहिलो दिनमै हस्ताक्षर गरिएको कार्यकारी आदेशमा ट्रम्पले अन्तर्राष्ट्रिय सहायतालाई पनि रोक्का गर्दै यूएसएडका विदेशस्थित कामको समीक्षा गर्न आदेश दिए। ती समीक्षा गर्ने जिम्मेदारी इलोन मस्क नेतृत्वको डोज भनिने डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सीलाई दिइयो।

विकास सहायता कार्यसम्बन्धी हजारौँ ठेक्काहरू रद्द गरिए अनि हजारौँ कर्मचारीलाई अन्ततः बर्खास्त गरियो। एक्समा राखेको पोस्टमा विदेशमन्त्री रुबियोले समीक्षाका आधारमा अमेरिकाले यूएसएडका ६,२०० कार्यक्रमहरूमध्ये करिब ५,२०० लाई ‘औपचारिक रूपमै बन्द’ गर्न लागिएको जनाएका छन्।

‘कङ्ग्रेससँगको सरसल्लाहमा बाँकी १८% कार्यक्रमहरू जुन हामी निरन्तर गर्न चाहन्छौँ………(तिनलाई) विदेशमन्त्रालय अन्तर्गत थप प्रभावकारी रूपमा सञ्चालन गर्ने छौँ’, रुबियोले भनेका छन्। नले ‘लामो समयदेखि आवश्यक रहेको र ऐतिहासिक सुधारका निम्ति घण्टौँ घण्टा काम गरेकोप्रति’ डोज र विदेशमन्त्रालयका कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।

अब के होला ?

डेमोक्र्याट दल अनि कैयन् मानवीय सहायता संस्थाहरूले अमेरिकी संसद् कङ्ग्रेसले कोष उपलब्ध गराउँदै आएको यूएसएडका कार्यक्रमहरू रोक्ने कार्य अवैध भन्दै मुद्दा हालेका छन्।

संसारभरि यूएसएडलाई विभिन्न कार्य दिइएको थियो जसमा भोकमरीको अनुगमनदेखि लिएर पोलियो खोप तथा द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाद्य सहयोग रहेका थिए। उसका कार्यक्रम रोक्का गरेपछि त्यसका असर देखा पर्न थालिसकेका छन्।

उदाहरणका लागि सुडानमा मानवीय सहायता बन्द हुँदा त्यहाँको गृहयुद्धमा परेका अति विपन्न मानिसहरूको निम्ति खडा गरिएका सामुदायिक भान्सा बन्द भएका छन्। यसबाट करिब २० लाख मानिस प्रभावित भएको अनुमान छ।

तालिबान सरकारले महिला शिक्षामा बन्देज लगाएपछि भागेर ओमान पुगेका दर्जनौँ अफगान महिलाहरू अब तिनलाई यूएसएडमार्फत् प्राप्त छात्रवृत्ति अकस्मात् रोकिएपछि अन्योलमा परेका छन् र स्वदेश फर्कने बाध्यतामा छन्।

त्यस्तै भारतमा तेस्रो लिङ्गीहरूका निम्ति तीनवटा सहरमा खोलिएका मेडिकल क्लिनिकहरू बन्द भएका छन्।

बीबीसी नेपाली सेवाबाट।