Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईले कर्जा ‘राउण्ड ट्रिपिङ्ग’ गरेको झुटो प्रचार, कर्जा स्वीकृतिकै आधारमा लगानी र लोन तिर्दै

प्रसाईले कर्जा ‘राउण्ड ट्रिपिङ्ग’ गरेको झुटो प्रचार, कर्जा स्वीकृतिकै आधारमा लगानी र लोन तिर्दै
  • २८ बैशाख २०८२, आईतवार १४:४९

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनमा दुरुपयोग गरेको भन्दै झुटो प्रचार गरिएको छ ।

mulpatra

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसबारे अहिलेसम्म गरेको अनुसन्धानबाट प्रसाईंले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबारमार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको निष्कर्ष निकालेको भनेर समाचार बाहिर आएपनि यस विषयमा सीआईबीले प्रष्ट नभएको मात्र भनेको छ । भने बैंकिङ कसुर मुद्दामा प्रसाईले कर्जा ‘राउण्ड ट्रिपिङ्ग’ गरेको भेटिएन ।

प्रसाईले जुन प्रयोजनका लागि कर्जा लिएका हुन् । सोही अनुसार नै लगानी र लोन तिर्ने गरेको सीआईबी प्रहरीको उच्च अधिकारीहरु बताउँछन् । तर अहिले प्रसाईलाई नराम्रो बनाउन त्यस्तो हल्ला गरिएको उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र यूए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा प्रसाईंले दुरुपयोग गरेको हल्ला गरिएको छ । यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । त्यही भएर केही भन्न नमिल्ने सीआईबीका एआईजी चन्द्र कुवेर खापुङले जानकारी दिएका छन् । प्रसाईविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । जटिल कारोबारमार्फत ‘राउण्ड ट्रिपिङ्ग’ भएको भन्ने यकिन नभएको सीआईबीका एआईजी खापुङले बताए ।

बयानमा प्रसाईंले रकम ‘राउण्ड ट्रिपिङ्ग’ गराएको स्वीकारको होइन भनेका छन् । उनले एउटा बैंकबाट लिएको रकम अर्कोको कर्जा चुक्ता गर्ने र पार्टीलाई भुक्तानी दिन प्रयोग गरेको बयान दिएका थिए । यसलाई ‘राउण्ड ट्रिपिङ्ग’ भन्न मिल्दैन् ।

प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट लिएको साढे २७ करोड रुपैयाँ फरक प्रयोजन र अरु बैंकको कर्जा चुक्ता गर्न प्रयोग गरेका हुन् । तत्कालीन एनसीसी बैंक (अहिले कुमारी)बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा प्रवाह भएको १० करोड प्रभाव भएको भन्दै सीआईबी प्रहरीले अनुसन्धान गरेको थियो । ती सबै कारोवारमा बाहिर चर्चा भएजस्तो राउण्ड ट्रिपिङ्ग नभेटिएको प्रहरीकै उच्च अधिकारीहरु बताउँछन् ।

Image Source: © https://mulpatra.com

प्रसाईं र निजका आफन्त संलग्न ३१ वटा कम्पनीले २०८१ असोज मसान्तसम्ममा ५ वटा बैंकलाई ७ अर्ब २५ करोड ८७ लाख कर्जा लिएको र सोहीअनुसार स्वीकृति र सञ्चालनमा आएका व्यवसायबाट मासिक कर्जा तिर्दै आएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रसाईले शर्तअनुसार स्वीकृति भएको कर्जा तिर्दै आएको पाइयो। जसका कारण उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा–८ अनुसार मुद्दा चलाउने कसुर नभेटिएको प्रहरीकै दाबी छ ।