प्रसाईले कर्जा ‘राउण्ड ट्रिपिङ्ग’ गरेको झुटो प्रचार, कर्जा स्वीकृतिकै आधारमा लगानी र लोन तिर्दै

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनमा दुरुपयोग गरेको भन्दै झुटो प्रचार गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसबारे अहिलेसम्म गरेको अनुसन्धानबाट प्रसाईंले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबारमार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको निष्कर्ष निकालेको भनेर समाचार बाहिर आएपनि यस विषयमा सीआईबीले प्रष्ट नभएको मात्र भनेको छ । भने बैंकिङ कसुर मुद्दामा प्रसाईले कर्जा ‘राउण्ड ट्रिपिङ्ग’ गरेको भेटिएन ।
प्रसाईले जुन प्रयोजनका लागि कर्जा लिएका हुन् । सोही अनुसार नै लगानी र लोन तिर्ने गरेको सीआईबी प्रहरीको उच्च अधिकारीहरु बताउँछन् । तर अहिले प्रसाईलाई नराम्रो बनाउन त्यस्तो हल्ला गरिएको उनको भनाइ छ ।
प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र यूए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा प्रसाईंले दुरुपयोग गरेको हल्ला गरिएको छ । यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । त्यही भएर केही भन्न नमिल्ने सीआईबीका एआईजी चन्द्र कुवेर खापुङले जानकारी दिएका छन् । प्रसाईविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । जटिल कारोबारमार्फत ‘राउण्ड ट्रिपिङ्ग’ भएको भन्ने यकिन नभएको सीआईबीका एआईजी खापुङले बताए ।
बयानमा प्रसाईंले रकम ‘राउण्ड ट्रिपिङ्ग’ गराएको स्वीकारको होइन भनेका छन् । उनले एउटा बैंकबाट लिएको रकम अर्कोको कर्जा चुक्ता गर्ने र पार्टीलाई भुक्तानी दिन प्रयोग गरेको बयान दिएका थिए । यसलाई ‘राउण्ड ट्रिपिङ्ग’ भन्न मिल्दैन् ।
प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट लिएको साढे २७ करोड रुपैयाँ फरक प्रयोजन र अरु बैंकको कर्जा चुक्ता गर्न प्रयोग गरेका हुन् । तत्कालीन एनसीसी बैंक (अहिले कुमारी)बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा प्रवाह भएको १० करोड प्रभाव भएको भन्दै सीआईबी प्रहरीले अनुसन्धान गरेको थियो । ती सबै कारोवारमा बाहिर चर्चा भएजस्तो राउण्ड ट्रिपिङ्ग नभेटिएको प्रहरीकै उच्च अधिकारीहरु बताउँछन् ।
प्रसाईं र निजका आफन्त संलग्न ३१ वटा कम्पनीले २०८१ असोज मसान्तसम्ममा ५ वटा बैंकलाई ७ अर्ब २५ करोड ८७ लाख कर्जा लिएको र सोहीअनुसार स्वीकृति र सञ्चालनमा आएका व्यवसायबाट मासिक कर्जा तिर्दै आएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रसाईले शर्तअनुसार स्वीकृति भएको कर्जा तिर्दै आएको पाइयो। जसका कारण उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा–८ अनुसार मुद्दा चलाउने कसुर नभेटिएको प्रहरीकै दाबी छ ।