प्रसाईलाई फसाउन गोल्यान सहितका मारवाडीको दौडधुप, उनलाई आधारबिना हिरासतमा

काठमाडौं – नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध कानुनी रुपमै फसाउन पवन गोल्यान र दिपेन्द्र अग्रवालसहितका केही मारवाडी समुदाय लागेका छन् ।
तीनकुने घटनालाई जोडेर प्रधानमन्त्री केपी ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई फसाउन सबै राज्यशक्ति प्रयोग गरिरहेका छन् । हाल प्रसाई प्रहरी हिरासतमा छन् ।
प्रसाईलाई ओली मात्र होइन । राजावादीकै वकालत गदै आएको दुई राप्रपा र राजावादी समुहकै केही व्यक्ति लागेको प्रहरी स्रोतको दाबी छ । त्यसमा गोल्यानसहितका केही मारवाडी समुदाय पनि प्रधानमन्त्री देखि गृहमन्त्रालय सम्म धाउने गरेको प्रहरीले स्रोतले जनाएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा दुर्गा प्रसाईलाई फसाउने एमाले, दुई राप्रपा र राजावादी समूहको योजना अगाडी नै बनाएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापापनि उक्त रणनीतिमा लागेको र उनीहरुकै सल्लाहमा केही राजावादीले उग्र रुप देखाएको पक्राउ परेकाले प्रहरीसँग बयान दिएका छन् ।
ओलीले यति धेरै राज्यशक्तिको दुरुपयोग गर्दापनि प्रसाईलाई फसाउने आधार भेटेनन् । जसका कारण अहिले स्यंम प्रधानमन्त्री ओली तनाबमा छन् ।
यस विषयमा प्रसाईले भने अहिलेसम्म मुख खोलेका छैन । तर प्रसाईले आगामी दिनमा राजासंस्था फकाउन अभियानका सहयोग गर्ने संकेत गरेका छन् ।
प्रसाईविरुद्ध प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठित र आपराधिक लाभको मुद्दा चलाउन फाइल अगाडी बढाएको हो । तर अहिलेसम्म त्यस्तो केही प्रमाण सीआईवीले भेटाएको छैन ।
यसपछि पनि कानुनी समस्यामा पार्ने प्रधानमन्त्री ओली लागेका थिए । अहिले माहोल फेरिएका कारण प्रसाई कानुनी समस्यामा पार्ने अवस्था नभएपछि ओली पवन गोल्यानसहितका केही मारवाडीहरु प्रयोग गर्न लागेका छन् ।
गत मंसिरमा अग्रवाल र गोल्यानले प्रसाईलाई फसाउन र संगठित मुद्दा चलाउने गरी सीआईवीमा उजुरी दिएको प्रहरीले जनाएको छ । तर त्यसको केही प्रमाण नभेटेपछि उनीहरुमाथि प्रहरीले कानुनी उपचार नखोजेको आरोप लागेको थियो ।
गोल्यान समूहका संचालक पवन गोल्यान वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको अध्यक्ष हुन् ।
राजनीतिक रुपमा राम्रो पहुँच भएका गोल्यानले पहुँचकै भरमा किसानले पाउनुपर्ने करोडौंको सहुलियत ऋण हत्याएको देखिन्छ । कुमारी बैंक ,एसबीआई बैंकलगायतबाट उनले दुई प्रतिशत अति सस्तो व्याजदरमा कृषि ऋणको सहुलियत लिएका हुन् ।
बाह्रदशी गाउँपालिकाकै चकचकी भन्ने ठाउँमा ठूलो क्षेत्रफलमा सुपारी लगाइएको छ । झापाको चकचकी, मदरगाछ, घेराबारी, राजगढलगायतका ठाउँमा करिव डेढ सय विगाह जग्गा खरिद गरी गोल्यान समूहले खेती लगाएको थियो । यस विषयमा उजुरी परेपनि प्रहरीले अनुसन्धान गरेको छैन ।
झापाको बाह्रदशी गाउँपालिका १ मा ३० विगाह क्षेत्रफलमा स्ट्रबेरी लगाएको थियो । जुन एक वर्षभन्दा बढी समय टिकेन । यसैगरी झापा गाउँपालिकाको मदरगाछ भन्ने ठाउँमा ड्रागन फ्रुट लगाइएको छ ।
बैंक तथा वित्तीय संस्थाले गरिब र किसानहरूलाई अनिवार्य दिनु पर्ने सहुलियतपूर्ण ऋण गोल्यानलाई नक्कली किसान खडा गरेर अपचलन गरेको पाइएको हो ।
२५ पुस २०८१ मा सेयर कारोबारी दीपेन्द्र अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता सेयर ज्योति अग्रवाललाई बिक्री गरे । त्यसपछि ज्योति अग्रवालको टीएमएस पनि दीपेन्द्रले नै चलाइ १६ वैशाख २०८२ मा बैंकको २० हजार कित्ता सेयर स्मार्ट डोर्स लिमिटेडलाई बिक्री गरे । स्मार्ट डोर्स लिमिटेडमा दीपेन्द्र सञ्चालक हुन् । उक्त कम्पनीमा उनो ०.०४ प्रतिशत सेयर छ । साथै, उनका पिता जयप्रकाशको २२.१३ प्रतिशत सेयर छ ।
त्यसैगरी दीपेन्द्रले गोर्खाज फाइनान्सको सेयर ज्योति अग्रवालको नामबाट किनेका छन् । यो अवधिमा सेयर मूल्य बढाउन उनले आफ्नो नामको सेयर पनि ज्योतिलाई खरिद गराएका छन् । आफ्ना बुबाबाट रामसिंह साउदका नाममा खरिद गरेका छन् । सोही अवधिमा उनले आफ्ना पिताबाट नेपाल बैंकको सेयर खरिद गरेका छन् । उनले यसरी सेयरको मूल्यमा चलखेल गर्न १५ जनाको नामबाट आफैँ खरिद–बिक्री गर्ने गरेको धितोपत्र बोर्डकै अध्ययनले पुष्टि गरेको छ ।