संघका अध्यक्ष गुरुङ र महासचिव बस्नेतको निर्देशन भन्दै अराजक व्यवसायी हुसेनले संघकै पेजबाट म्यानपावर हटाउँदै र धम्क्याउँदै

काठमाडौं– वैदेशिक रोजजार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतले अराजक म्यानपावर व्यवसायी अख्तर हुसेनलाई प्रयोग गरी संघकै आधिकारिक पेजबाट आफनै म्यानपावर सञ्चालक हटाइरहेका छन् ।
हुसेनले दुई महिनायता संघका अध्यक्ष गुरुङ र संघकै महासचिव बस्नेतको निर्देशनमा केही व्यवसायीहरुलाई संघको आधिकारिक ग्रुपबाट हटाइरहेको पाइन्छ । कतिपय व्यवसायीले नेतृत्वमाथि गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाइरहेका छन् । संघकै कार्यसमितिका कतिपय पदाधिकारीलाई हटाउने हुसेनले फोन र भ्वाइस म्यासेस गरेर धम्की समेत दिएको व्यवसायीकै गुनासो छ ।
तर संघका अध्यक्ष गुरुङ र महासचिव बस्नेतले भने हुसेनको प्रयोग गरेर विभिन्न विषयमा छलफल गर्ने आधिकारिक पेजबाटै आफनै व्यवसायी हटाइरहेका छन् । हुसेन स्यंम वैदेशिक रोजगारीमा कामदार पठाएर ठगि गर्ने व्यवसायी हुन् । उनको वैदेशिक रोजगार विभागमा ठगिका उजुरी परेका छन् ।
विषेश चाहिँ संघको कामकारवाही र गतिविधिमाथि प्रश्न उठाउने २ सयभन्दा बढी व्यवसायीलाई संघका अध्यक्ष र महासचिवको निर्देशनमा हुसेनले हटाएको संघकै पदाधिकारीको आरोप छ । कतिपय व्यवासायीले स्रंघकै पेजबाट सूचना पाउने र केही सूचना आदानप्रदान हुने गरेको थियो । आफनै व्यवसायीमाति हुसेनले यति ठुलो आक्रमण गर्दा समेत संघका अध्यक्ष गुरुङले केही प्रतिक्रिया दिएका छैन । हजारभन्दा बढी व्यवसायी रहेको उक्त पेजमा संघलाई अघि बढाउन राम्रो सल्लाह दिने व्यवसायी मात्र हुनेसले हटाइरहेका छन् ।
तर यस विषयमा अध्यक्ष र महासचिवसँग सम्र्पक गर्दा आधिकारिक प्रतिक्रिया दिएका छैनन् । भने उनीहरुले फोन समेत उठाएका छैन । अराजक म्यानपावर व्यवसायी हुसेनले मूलपत्र मिडिया पटक–पटक धम्कयाउँदै संघका अध्यक्ष भुवन सिंह गुरुङ र संघकै महासचिव महेशविरुद्ध समाचार लेखेकै कारण आक्रमण समेत गरेको स्वीकारेका छन् । यस विषयमा संघका अध्यक्ष गुरुङ र बस्नेतले केही प्रतिक्रिया दिएका छैन ।
वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष र महासचिवकै निर्देशनमा संघकै आधिकारिक पेजबाट उनीहरुविरुद्ध बोल्ने म्यानपावर व्यवसायी हटाइएको अख्तर हुसेनले मूलपत्रसँग बताए । अध्यक्ष र महासचिवबाट अझै केही व्यवसायी पेजबाट हटाउन निर्देशन समेत आएको उनले धम्कीपुर्ण भाषा समेत प्रयोग गरे । ‘संघको आधिकारिक पजे हो । संघका अध्यक्ष र महासचिवले भनेपछि मैले धेरै विरोधी व्यवसायी हटाएको हुँ । यसमा अरुको टाउको दुखाई किन भनेर उनले प्रश्न गरे ।’ उनले भने ।
विगतमा अख्तर हुसेनले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका थिए । संघका अध्यक्ष र महासचिव बोल्न व्यवसायीलाई संघको पेजबाट हटाइएको र यसमा उहाँहरु दुवै जनाको पुर्ण सहयोग भएको समेत उनले बताए ।
मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार ललिपुर महासंघ, पत्रकार महासंघ उपत्यका, श्रमजीवि पत्रकार संघले नेपालले गम्भीर आपत्ति जनाएको छ ।
मुलपत्र मिडिया माथि भएको आक्रमणको ध्यानाकर्षणका विषयमा विज्ञप्ती जारी भइसकेको अवस्थामा वैदेशिक रोजगार व्यवसाय महासंघबाट कुनै आधिकारिक धारणा सार्वजनिक अहिलेसम्म भएको छैन । उल्टो संघका अध्यक्ष गुरुङ र महासचिव आफनै व्यवसायी र मिडिया धम्क्याउन हुसेनजस्ता व्यवसायी प्रयोग गरेर बसेका छन् । यसमा बुझन खोज्दा संघका अध्यक्ष गुरुङ र बस्नेतले फोन सम्र्पकमा आएनन् ।
हुसेनले अध्यक्ष भुवनसिंह गुरुङ र महेश बस्नेतको समाचार मूलपत्रमा आएको भन्दै यो मिडियाले व्यवसायी संघको कार्यसमितिलाई आक्रमण गरेको भन्दै अभियान नै चलाइए । जसमा दुई दर्जन जति व्यवसायी अभियानमा सहभागि भए । यस विषयमा मूलपत्रले कानुनी प्रक्रियाका लागि प्रहरी र सम्बन्धी निकायमा अपिल गरेपछि
संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भनेर मूलपत्रमा आएको समाचारमा केही व्यवसायी समाचार हटाउन दबाब दिदै आएका छन् । योसँगै गुरुङकै म्यानपावर व्यवसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासा भएको नामक समाचार आएपछि उनले फेरी हुसेनलाई प्रयोग गरेको स्यंम हुसेनले बताएका छन् ।