Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईसँग वार्ता गर्ने पक्षमा प्रधानमन्त्री कार्की, पेलेरै जान गृहमन्त्रीलाई बालेनको दबाब

प्रसाईसँग वार्ता गर्ने पक्षमा प्रधानमन्त्री कार्की, पेलेरै जान गृहमन्त्रीलाई बालेनको दबाब
  • १४ कार्तिक २०८२, बिहीबार १७:१२

काठमाडौं– सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले सरकारकै कतिपय गतिविधिमा हस्तक्षेप गर्ने थालेका छन् ।

mulpatra

प्रधानमन्त्री सुशीला कार्कीमाथि विभिन्न विषयमा उनले दबाब बढाउन थालेको चर्चा समेत बाहिरिएको छ । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले कार्कीमाथि धेरै काम आफुले भनेअनुसार नभएको भन्दै असन्तुष्ट समेत व्यक्त गर्न थालेका छन् ।

‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग वार्ता र सम्वादमार्फत समस्या समाधान गर्ने पक्षमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतले जनाएको छ । तर बालेनले प्रसाईसँग वार्ताभन्दा पनि सरकारले शक्ति प्रयोग गरे अगाडी बढ्नुपर्ने गृहमन्त्री ओमप्रकाश अर्याललाई दबाब दिइरहेको समेत पाइएको छ ।

mulpatra mulpatra mulpatra

सडक आन्दोलनभन्दा सरकारले वार्ता र संम्वादबाट समस्या समाधान गर्न विद्राही पक्षलाई आग्रह गरेको थियो । यसको नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईले भने स्वागत गरेका थिए ।

सामाजिक सञ्जालमा उनले लेखेका थिए – ’सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ।जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।’

वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको उनको भनाइ । वार्ता सम्वाद गर्ने भने सरकारले अहिलेसम्म कसैलाई वार्ताका लागि बोलाएको छैन । प्रसाईले भने मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

Image Source: © https://mulpatra.com

प्रधानमन्त्री कार्कीले देशले आन्दोलन थेग्न नक्सने भन्दै दुर्गा प्रसाईसँग वार्ता र सम्वादमार्फत उनका माग संम्बोधन गर्न गृहमन्त्री अर्याल सुझाव दिएकी छिन् । तर उनै गृहमन्त्रीलाई बालेन शाहले प्रसाईसँग वार्ता नगरी पेलेर जान दबाब दिइरहेको बालुवाटार स्रोतको दाबी छ ।

जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने बालेनको गृहमन्त्रीमाथि दबाब छ ।

प्रसाईले निरन्तर आफू लगायत केही व्यक्ति लक्षित भड्काउ अभिव्यक्ति दिएको भन्दै बालेनले तुरुन्तै निगरानी तथा नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए । प्रसाईले अहिलेको सरकार बाह्य इशारामा बनेको तथा चलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् ।

कार्कीले भने बोलेकै आधारमा, सानातिना गतिविधिकै आधारमा पहिल्यै पक्राउ गर्न कानुनी कठिनाइ पर्ने भन्दै सीमा सम्झाउन खोेजेकी थिइन् । उनले बोलनसँग प्रसाईलाई पक्रिए अर्को दंगा भड्किने सूचना पाएको उनीसँग बताएकी थिइन् ।

प्रधानमन्त्रीसँग बालेनले भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबारे गम्भीर चासो राखेका थिए । विगतमा सुशासनका थुप्रै एजेन्डाहरुमा सक्रिय नागरिक पैरवी तथा वकालत गर्दै आएका गृहमन्त्री अर्याल मन्त्रीका रुपमा भने खरो उत्रिन नसकेको बालेनको गुनासो थियो ।

कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने अफवाह फौलाइएको भनेर त्यसको खण्डन गरेको छ । सचिवालयले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै यस्ता खबरहरुको खण्डन गरेको हो ।

‘अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दबाब दिइरहेको भनि विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

याे पनि