साइबर–सिआईबी लगाएर मूलपत्रकर्मीलाई पक्राउने धम्की दिदैं वैरो व्यवसायी संघका अध्यक्ष गुरुङप्रहरी भन्छ, त्रास फैलाउन मिल्दैन
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्यूरो प्रहरी लगाएर मूलपत्रका संयोजक रमेश भारतीलाई पक्राउने धम्की दिदै हिडेका छन् ।

गुरुङले संघ बैंठकमा साइबर र सीआईबीमा आफनो पहुँच भएको र भारतीलाई तत्काल दुवै प्रहरी लगाएर पक्रिने भन्दै त्रास फैलाएका छन् ।
गुरुङले मलेसिया रोजगारी सिण्डिकेटविरुद्ध कलम चलाएपछि भारतीलाई मात्र होइन मूलपत्र मिडियालाई समेत सार्वजनिक रुपमै नामै तोकेर सार्वजनिक स्थलमै जथाभावी बोल्ने गरेको छ । यस विषयमा उनीसँग बुझन खोज्दा उनले फोन उठाएनन् ।
![]() |
![]() |
![]() |
|---|
वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष गुरुङले सार्वजनिक रुपमा बालेको विषयमा बुझन खोज्दा साइबर प्रहरीका प्रवक्ता दिपकराज अस्थीले कसैले पनि कानुनविरुद्ध प्रहरीको नाम लिएर कोही व्यक्तिलाई पक्राउछु भन्दै त्रास फैलाउनु कानुनविपरित भएको जानकारी दिए । आफुमाथि केही आरोप लगाएको र त्यस्तो विषयमा चित्त नबुझे पहिला प्रहरीमा उजुरी दिनुपर्ने र अनि मात्र प्रहरीले अनुसन्धान कानुनी मान्यता छ । तर प्रहरीलाई पक्राउ भन्दै त्रास फैलाउनु नुहने उनले बताए ।
मूलपत्रले मलेसिया रोजगारी सिण्डिकेतविरुद्ध कलम चलाउँदै आएको र यस विषयलाई लिएर संघकै अध्यक्ष गुरुङ मूलपत्रमाथि खनिदैँ आएका छन् । उनले मलेसिया रोजगारीमा नीतिगत सिण्डिकेटविरुद्ध बोल्न सकेका छैन । यस्तै विषयमा मूलपत्रले कलम चलाउँदै खबरखदारी गदै रिपोटिङ गर्दा विगत देखि नै गुरुङ पत्रकार भारतीमाथि नचाहिदो रुपमा खनिने गरेका छन् ।
उनले पत्रकार भारतीलाई व्यक्तिगत रुपमा पनि कोही म्यानपावर व्यवसायीसँग नाम जोडेर अथवा मूलपत्रमा समाचार भएको विषयमा केही म्यानपावर व्यवसायीलाई समेत व्यक्तिगत रुपमा धम्कयाउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।
Image Source: © https://mulpatra.com
गुरुङले सिआइबी लगाएर भारतीलाई पक्राउने धम्की दिएको विषयमा सिआइवीका प्रवक्ता शिव कुमार श्रेष्ठसँग बुझन् खोज्दा उनले पनि प्रहरी संस्थाको नाम दिएर कोही व्यक्ति अथवा संस्थाले पक्राउने धम्की दिदै त्रास फैलाउन नमिल्ने मूलपत्रसँग बताएका छन् ।
कानुनी रुपमा आफुमाथि लागेको आरोप विषयमा उजुरी गर्न मिल्छ । तर सिधै कोही व्यक्तिलाई पक्राउदै छु भनेर त्रास फैलाउनु पनि कानुन विपरित भएको उनको भनाइ छ ।
संघको अध्यक्ष जस्तो पदमा बसेका गुरुङले सञ्चारमाध्यम र पत्रकारलाई खुलेआम धम्क्याउनु कानुनी विपरित भएको र यस विषयमा प्रहरी र सम्बन्धीत निकायले ध्यान दिन मूलपत्रको माग छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ दशैंअघि नै जाइका अलुमनाई एसोसिएसन (जान)को कार्यक्रममा जापान पुगेका थिए ।
उनले संघका पदाधिकारीसँग छलफल नै नगरी र संघको कार्यवाहक अध्यक्ष समेत कसैलाई नतोकि सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सहभागि हुन जापान गएको भन्दै अहिले संघकै पदाधिकारी र अन्य म्यानपावर व्यवसायीले आवाज उठाइरहेका छन् । यस शीर्षकमा समाचार लेखेपछि पनि उनले मूलपत्रलाई अप्रत्यक्ष रुपमा धम्की दिएका थिए ।
म्यानपावर व्यवसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासा शीर्षक समाचारमा पनि उनले धम्कीपुर्ण भाषा बोलेका थिए ।
संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भन्ने शीर्षकको समाचार लेख्दा गुरुङले मूलपत्रमाथि नै अराजक व्यवसायी तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनलाई प्रयोग गरि उनले मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका थिए ।



