Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेस भित्र शक्ति केन्द्रको पुनःसंयोजनको संकेत: कांग्रेस वृत्तमा नयाँ तरंग

कांग्रेस भित्र शक्ति केन्द्रको पुनःसंयोजनको संकेत: कांग्रेस वृत्तमा नयाँ तरंग
  • ५ जेष्ठ २०८२, आईतवार २०:५६

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूबीच हालै भएको बैठकले पार्टीभित्र नयाँ राजनीतिक तरंग ल्याएको छ। आइतबार पूर्व उपसभापति गोपालमान श्रेष्ठको कालिमाटीस्थित निवासमा पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा प्रवक्ता डा. प्रकाशशरण महतबीच भएको छलफललाई कांग्रेस वृत्तमा गम्भीर रूपमा हेरिएको छ।

mulpatra

यसअघि फागुन २ गते सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ११ जना नेताहरू भेला भएका थिए भने वैशाख ११ गते डा. शशांक कोइरालाको निवासमा ७ जना नेताहरूको जमघट भएको थियो। यो क्रम आइतबार ६ जना नेताको सानो तर गहन बैठकमा झरेको छ। लगातारको संवादले संस्थापन पक्षभित्र नै नेतृत्वको स्पष्टता र भावी रणनीति तय गर्न दबाब बढेको देखिन्छ।

बैठकमा सहभागी नेताहरू सबैजसो संस्थापन पक्षसँग जोडिएका भए पनि उनीहरूबीच नेतृत्वको विषयमा चासो देखिन थालेको छ। १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका निधि र सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे पनि अबको महाधिवेशनमा ‘कसरी सहमतिमा नयाँ नेतृत्व अघि सार्ने’ भन्ने विषयमा छलफल भएको उनीहरू बताउँछन्।

mulpatra mulpatra mulpatra

बिमलेन्द्र निधिका अनुसार, “महाधिवेशन कसरी सम्पन्न गर्ने र पार्टी तथा मुलुकलाई अगाडि बढाउने भन्नेबारेमा छलफल भएको हो। उम्मेदवारको नामभन्दा पनि प्रक्रिया र सहमतिमा जोड दिइएको छ।”

प्रकाशमान सिंह, जो वर्तमान सरकारमा उपप्रधानमन्त्रीसमेत छन्, र कृष्णप्रसाद सिटौला, जो राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता हुन्, जस्ता सक्रिय नेताहरूको उपस्थितिले बैठकलाई सामान्य ‘भेलाभन्दा’ बढी राजनीतिक तौल दिएको छ।

विश्लेषकहरू भन्छन्, यो भेटघाट पार्टीभित्र नेतृत्व हस्तान्तरणको वैचारिक तयारी हो। पार्टी सभापति देउवाको कार्यशैली र दीर्घकालीन नेतृत्वबारे असन्तुष्टि मौन रूपमा बढिरहेको अवस्थामा नयाँ पुस्ता वा सहमतिको नेतृत्व निर्माणको दबाब चुलिँदै गएको संकेत यी बैठकहरूले दिएको छ।

Image Source: © https://mulpatra.com

पार्टीको सन्तुलन र भविष्यको प्रतिस्पर्धामा संस्थापन पक्षका प्रमुख अनुहारहरूबीच ‘एकजुट उम्मेदवार’ बनाउने रणनीति कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्णायक बन्न सक्नेछ। देउवा नेतृत्वको यथास्थितिलाई निरन्तरता दिने वा नयाँ मोड दिने भन्ने बहस अहिले संस्थापन पक्षमै केन्द्रित हुन थालेको छ।

पछिल्ला छलफलहरूले कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहसलाई औपचारिक आकार दिँदैछ। यी भेटघाटहरू महाधिवेशनको पूर्वतयारी मात्रै नभई संस्थापन पक्षभित्रको शक्ति केन्द्र पुनःसंयोजनतर्फको संकेत पनि हुन्। सहमति र एकताको नाममा नयाँ संरचना निर्माणको प्रयास कांग्रेसभित्रको तातो बहसको विषय बन्नेछ, जसले आगामी दिनमा देउवा नेतृत्वको भविष्यसमेत निर्धारण गर्न सक्छ।