Close

Recent Posts

इजरायलमा त्रसित नेपाली बंकर र अन्डरग्राउडमा लुकेर ज्यान बचाउन बाध्य

इजरायलमा त्रसित नेपाली बंकर र अन्डरग्राउडमा लुकेर ज्यान बचाउन बाध्य
  • २९ आश्विन २०८१, मंगलवार १०:५१

काठमाडौँ– इरान–इजरायल र लेबनानबीचको त्रिपक्षीय भइरहेको युद्धका कारण त्यहाँ कार्यरत नेपाली कामदार त्रसित छन् । वैदेशिक रोजगारमा इजरायल र लेबनानमा कार्यरत नेपाली बंकर र अन्डरग्राउडमा लुकेर ज्यान बाँचिरहेको बताउँछन्। इजरायलमामा इरानले मंगलबार साँझ आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपाली झन त्रसित भएका छन् ।
झापा चारआलीकी कविता क्षेत्री इजरायलको राजधानी तेल अभिभस्थित एउटा घरमा कार्यरत छिन्। दुई सातायता उनी काम गदै साइरन बजेपछि बंकरभित्र लुकेर ज्यान बचाइरहेको बताउँछिन् ।

गत मंगलबार बंकर पुगेको दुई मिनेटभित्रै इजरायलको आकाशमा मिसाइल (क्षेप्यास्त्र) पडकिएको आवाज आयो। त्यसपछि बाचिएला जस्तो नलागेको उनले सामाजिक सञ्जालमार्फत हिमालप्रसलाई जानकारी दिइन् । ‘गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा यति डर लागेको थिएन। मंगलबार त्योभन्दा बढी डर लाग्यो। यस्तै आक्रमण भयो भने बाँचिदैन होला।’ उनले भनिन।

यस्तै आक्रमण र युद्ध भइरहे स्वदेश फकिने वातावरण बनाउन उनले सरकारसँग माग गरिन।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १० नेपालीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो। यही त्रासमा इजरायली र त्यहाँ कार्यरत विदेशी नागरिक छन्।

इजरायलको राजधानीनजिकै केयरगिभरमा कार्यरत धादिङकी सविता थापाका अनुसार मंगलबार एक्कासी आकाशभरि छ्याप्पै मिसाइल देखिए। त्यसपछि विषेश खालको साइरन बजेपछि सबै जना घरकै बंकर र बंकरमा नपुगेका टेबुलमुनि लुक्नुपरेको उनले जानकारी दिइन्।

इरानबाट आएको मिसाइलको त आवाज नै गत अक्टोबर ७ को भन्दा फरक आवाज सुनिएको उनले बताइन्। ‘मिसाइल जमिनमा झर्दा असिना परेर जस्तै गरी पड्किँदा हामी लुकेको घरै हल्लिएको थियो। शहरमा ठुलो हल्ला र मान्छेहरु चिच्याएका थिए। हाम्रो मालिक र उनकी नाती त बेहोस नै भए।’ उनले भनिन।
मंगलबार सुलुलु क्षेप्यास्त्र झरेको देखेपछि इजरायल स्वदेश फर्किन मन लागेको उनी बताउँछिन्।
प्यालेस्टाइन र इजरायलको निरन्तरको लडाइँ भन्दा इरानको आक्रमण डरलाग्दो रहेको इजरायलमा कार्यरत नेपालीहरू बताउँछन्। मंगलबारको जस्तो आक्रमण भए बाँच्न मुश्किल हुने उनीहरुले नेपालमा रहेका आफन्तसँग बताइरहेका छन्।

दुई सातादेखि हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्रता दिइ हिजबुल्लाह र हमासको वरिष्ठ राजनीतिक र सैन्य अधिकारीहरु मारिएपछि इरानले इजरायलमा आक्रमण सुरु गरेको हो।

क्षेप्यास्त्र तेलअभिभबाट करिब १६ सय किलोमिटरको दूरीमा रहेको इरानको तेहरानबाट प्रहार भएको थियो। १ सय २५ किलोमिटर दूरीमा रहेको इजरायल–लेबनानको सीमा क्षेत्रबाट हेजबुल्लाह र ८५ किमि दूरीमा रहेको गाजापट्टीबाट हमास लडाकुले प्रहार गरेको क्षेप्यास्त्रले इजरालयको राजधानीमा बसोबास गर्दै आएका सबै नागरिकलाई त्रसित बनाएको थियो। इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले मंगलबार नयाँ क्षेप्यास्त्र ‘फताह–१’ प्रयोग गरेको दाबी छ।

मंगलबार इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलमा कार्यरत नेपाली क्रसित भएको गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले जानकारी दिए। उनका अनुुसार मंगलबारको जसरी मिसाइल फेरि पनि आक्रमण भए स्वदेश फकिनुपर्छ। नेपालीहरू सुरक्षित भए पनि त्रासमा बाँचिरहेका छन्। गत वर्ष हमासले अप्रत्याशित हमला गर्दा इजरायलको सुरक्षा प्रणालीले काम गरेन। इजरायलले सुरक्षा दिन्छ भनेर बस्ने अवस्था छैन। त्यही भएर सरकारले पनि केही सोच्नुपर्छ।’ उनले भने।

इजरायलमा ‘आइरन डोम’, ‘डेभिड्स स्लिङ’ र ‘तीर प्रणाली’ मार्फत क्षेप्यास्त्रको प्रतिरक्षा हुन्छ। एकैपटक ११ सय क्षेप्यास्त्रलाई निस्तेज पार्न सक्ने इजरायल सरकारको दाबी छ। तर इरानले मंगलबार एकैपटक त्योभन्दा बढी आक्रमण गरेको इरानी मिडियाको दाबी छ।

इजरायल कृषि क्षेत्रमा काम गर्दै सिक्न नेपाली विद्यार्थी समेत जान्छन्। तर गत वर्षको हमास हमलापछि गरेपछि विद्यार्थी पठाउन बन्द गरेको छ। भने भारतको बाटो हुँदै केही नेपाली इजरायल गएका छन्।
इजरायलमा करिब ५ हजार नेपाली ‘केयरगिभर’ का रूपमा कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। त्यसमा सबैभन्दा बढी महिला कामदार नै छन्।

कृषि क्षेत्रमा काम गर्दै सिक्न गएका सबै विद्यार्थी गत वर्षको हमास हमलापछि स्वदेश फिरेका थिए । त्यसपछि कृषि क्षेत्रमा नयाँ श्रमिकलाई औपचारिक रूपमा लगिएको छैन।

इजरायलसँगको युद्ध चर्किरहेका बेला बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकार त्यहाँ कार्यरत कामदारको अवस्था कस्तो छ भनेर खुलेर बताउन सकेको छैन।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्। इजरायलमा समेत अहिलेसम्म कोही नेपाली समस्यामा परेको खबर नआएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए। ‘इजरायल र लेबनानमा रहेका नेपालीहरु सुरक्षीत छन्। समस्यामा परे उद्धार गर्ने विषयमा छलफल भइरहेको छ।’ उनले भने।

मन्त्रालयले कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।