सिण्डिकेटविरुद्ध संघकै भेलामा अध्यक्ष गुरुङले मूलपत्रको नाम किटान गरेर २० मिनेट तथानाम गाली गरे

पत्रकारलाई धम्की दिने गुरुङनै ठगि काण्डमा मुछिएको व्यवसायी

सिण्डिकेटविरुद्ध संघकै भेलामा अध्यक्ष गुरुङले मूलपत्रको नाम किटान गरेर २० मिनेट तथानाम गाली गरेपत्रकारलाई धम्की दिने गुरुङनै ठगि काण्डमा मुछिएको व्यवसायी
  • २० कार्तिक २०८२, बुधबार ११:४९

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा गठित संघर्ष समितिको आयोजनामा मंगलबार वैदेशिक रोजगारी व्यवसायीहरूले मलेसिया रोजगारीविरुद्ध भेला भए । व्यवसायी भेलामा व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर ‘नो सिन्डिकेट’ व्यानरसहित सो प्रतिबद्धता जनाएको थियो ।

mulpatra

भेलालाई सम्बोधन गदै संघका अध्यक्ष भुवनसिंह गुरुङले आफ्नो संघको गत निर्वाचनको मुख्य एजेन्डा नै सिन्डिकेटको विरोध रहेको बताए । त्यसपछि थाले मूलपत्रलाई तथानाम गाली गर्ने । उनले मूलपत्र भन्ने अनलाइनले मलेसिया सिण्डिकेटविरुद्ध कलम चलाएर गलत गरेको भन्ने सन्देश संघको भेलालाई दिन खोजे ।

त्यति मात्र होइन मूलपत्रका पत्रकारलाई ठेगान लगाउने धम्की व्यवसायीकै अगाडी दिए । अनि भन्न थाले म मूलपत्र अनलाइनका पत्रकारले कसरी हुन्छ ठेगान लगाउँछु ३ दिन भित्रमा भनेर घुमारो पारामा संघकै भेलामा धम्की दिए । उनले यसरी मूलपत्रलाई गाली गरिरहँदा संघको विरोध कार्यक्रममा भेला भएको व्यवसायीले नै खिल्ली उडाउँदै मुखा–मुख समेत गरेका थिए । कतिपय व्यवसाय उनले संम्बोधन गर्न थालेपछि कार्यक्रमबाट बाहिरिएको पनि थिए ।

गुरुङले व्यवसायीको गोप्य सूचना सरकार र पत्रकार किन दिएको भन्दै सञ्चारमाध्यमाथि गाली गरे । त्यति मात्र होइन नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघ दर्ता भएको सरचार लेखेप्रति र उक्त संघ दर्ता भएको पनि आपक्ति जनाउँदै गाली सुरु गरे ।


संघको विरोध सभामा गुरुङले मूलपत्रकै पत्रकारतिर हेदै तथानाम गाली गरे । उनले घुमारो पारामा मूलपत्रले समाचार लेखेकै कारण मलेसिया रोजगारीमा नीगित रुपमा लगाउने खोजिएको सिण्डिकेट असफल भएको भन्ने भनाइ राख्दै गाली गरेका थिए ।

मूलपत्रले नेपालको संविधान र ऐन–कानुनविरुद्ध सिन्डिकेट लगाउन खोज्ने व्यवसायीविरुद्ध समाचार लेखेको थियो । यसका कारण व्यवसायीले सिण्डिकेटका बारेमा थाहा पाएका थिए । तर अध्यक्ष गुरुङले संघको भेलामा मूलपत्रका पत्रकारलाई हातपात गर्ने समेतको धम्की घुमारो पारामा दिए ।

गुरुङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्यूरो प्रहरी लगाएर मूलपत्रका संयोजक रमेश भारतीलाई पक्राउने धम्की दिदै हिडेका छन् । गुरुङले संघ बैंठकमा साइबर र सीआईबीमा आफनो पहुँच भएको र भारतीलाई तत्काल दुवै प्रहरी लगाएर पक्रिने भन्दै त्रास फैलाएका छन् ।

गुरुङले मलेसिया रोजगारी सिण्डिकेटविरुद्ध कलम चलाएपछि भारतीलाई मात्र होइन मूलपत्र मिडियालाई समेत सार्वजनिक रुपमै नामै तोकेर सार्वजनिक स्थलमै जथाभावी बोल्ने गरेको छ । यस विषयमा उनीसँग बुझन खोज्दा उनले फोन उठाएनन् । भने दुवै प्रहरी त्रास फैलाउनेमाथि कानुनी कारवाही हुने बताएका छन् ।

यस विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले समेत प्रेस विज्ञप्ती निकालेको छ । यस विज्ञप्तीको विषयमा पनि गुरुङले आफुनिकट व्यवसायीसँग तथानाम गाली गदै काम नलाग्ने संस्था भनेर आरोप लगाएको उनीनिटक व्पवसायीले जानकारी दिए ।

मूलपत्रले मलेसिया रोजगारी सिण्डिकेतविरुद्ध कलम चलाउँदै आएको र यस विषयलाई लिएर संघकै अध्यक्ष गुरुङ मूलपत्रमाथि खनिदैँ आएका छन् । उनले मलेसिया रोजगारीमा नीतिगत सिण्डिकेटविरुद्ध बोल्न सकेका छैन । यस्तै विषयमा मूलपत्रले कलम चलाउँदै खबरखदारी गदै रिपोटिङ गर्दा विगत देखि नै गुरुङ पत्रकार भारतीमाथि नचाहिदो रुपमा खनिने गरेका छन् ।

उनले पत्रकार भारतीलाई व्यक्तिगत रुपमा पनि कोही म्यानपावर व्यवसायीसँग नाम जोडेर अथवा मूलपत्रमा समाचार भएको विषयमा केही म्यानपावर व्यवसायीलाई समेत व्यक्तिगत रुपमा धम्कयाउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

म्यानपावर व्यवसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासा शीर्षक समाचारमा पनि उनले धम्कीपुर्ण भाषा बोलेका थिए ।

संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भन्ने शीर्षकको समाचार लेख्दा गुरुङले मूलपत्रमाथि नै अराजक व्यवसायी तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनलाई प्रयोग गरि उनले मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका थिए । यस्ता विषयमा मूलपत्रले रिपोटिङ गर्दा उनी मिडिया खनिने गरेका छन् ।